धितो पत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता स्थगित
काठमाडौँ । नेपाल घितो पत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित भएको छ । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा समिति बनाएको थियो ।
तर, अन्तर्वार्तामा अस्वस्थताको कारण देखाउँदै अधिकारी अनुपस्थित भएकाले अन्तर्वार्ता रोकिएको हो । अर्को सूचना प्रकाशिन नहुँदासम्म अन्तर्वार्ता स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।
नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकहरूमध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता गर्ने कार्यक्रम थियो ।