नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको १५ औं वार्षिक साधारण सभा मार्फत छैंठौं कार्यसमिति गठन

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर एसोसिएसनले सोमबार दिउँसो काठमाडौंको नक्सालमा आफ्नो १५ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त सभा मार्फत निम्न व्यक्तिहरूलाई चयन गरी छैंठौं कार्यसमिति गठन गरिएको छ :
कार्यसमिति सदस्यहरूः
अध्यक्षः रामेन्द्र रायमाझी (एनआईसी एशिया क्यापिटल लिमिटेड)
उपाध्यक्षः मनिस नारायण जोशी (नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेड)
महासचिवः निर्मल भट्टराई (गरिमा क्यापिटल लिमिटेड)
कोषाध्यक्षः शिवान्त ब. पाडें (एनआइएमबी एस क्यापिटल लिमिटेड)
सदस्यहरूः
सन्दीप कार्की (सिद्धार्थ क्यापिटल लिमिटेड)
लेखनाथ पोखरेल (नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड)
पुष्पा शर्मा (कुमारी क्यापिटल लिमिटेड)
विभिन्न मर्चेन्ट बैंकिङका प्रतिनिधिहरू सामेल समेत रहेका उक्त नयाँ कार्यसमिति सदस्यहरु नेपालमा मर्चेन्ट बैंकिङको भूमिकालाई प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । उक्त समितिको मुख्य ध्यान पूँजी बजारको पहुँचमा सुधार, दिगो वित्तीय अभ्यासलाई प्रोत्साहन तथा नियामक निकायहरूसँग सम्बन्ध मजबुत पार्नेमा केन्द्रित रहनेछ ।
उक्त सभाको निर्वाचन प्रक्रिया सकारात्मक र सहकार्यपूर्ण वातावरणमा सम्पन्न भएको थियो जसले संघको एकता र भविष्यप्रतिको साझा दृष्टिकोणलाई झल्काएको छ । नव निर्वाचित समितिले वित्तीय क्षेत्रका सरोकारवालाहरू र नियामक निकायहरूसँग नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको सहकार्यलाई अझ बलियो बनाउन लक्ष्य राखेको छ ।