उखु र दुध किसानको रकम भुक्तानीको वाटो खूल्यो , किसानकै खातामा दसैं अघिनै रकम जानुपर्नेमा कृषिमन्त्री अधिकारीको जोड
काठमाडौं । सरकारले उखु र दुध किसानको बक्यौता रकम भक्तानीको प्रकृया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रकम भुक्तानीको लागि गरेको पहल अनुसार शुक्रवार अर्थ मन्त्रालयले उखुको लागि १ अर्व ४५ करोड ३२ लाख रुपैया र दुधको रकम भुक्तानी लगायतका लागि ६० करोड रुपैया निकासा गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
यसअघि मन्त्रालयको पहलमा मन्त्रीपरिषदको वैठकले दुध किसानको रकम भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडिसी) लाई उक्त रकम ऋण दिने निर्णय गरेको थियो ।
मन्त्रालयका अनुसार ८ जिल्लाका उखु किसानले गत वर्षको रकम भुक्तानीका लागि जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यलय मार्फत किसानकै बैक खातामा रकम जाने व्यवस्था गरिएको छ ।
कञ्चनपुर ,नवलपरासी पश्चिम,सुनसरी सिराहा,सर्लाही , महोत्तरी, रौतहट र बाराका उखु किसानले अब सरकारले उपलब्ध गराउदै आएको गत वर्षको अनुदान रकम पाउने भएका हुन । त्यस्तै लामो समय देखी दुध विक्री गरे वापतको रकम पाउन नसकेका दुध किसानहरुले पनि संस्थानलाई सरकारले प्रदान गरको ऋण मार्फत रकम प्रदान गरिने दूग्ध विकास संस्थानका महाप्रबन्धक सूर्यप्रसाद पौडेलले वताउनुभयो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको नेतृत्व समाले पछि किसानले पाउनुपर्ने रकम भुक्तानीको पहल गर्नूभएको थियो । मन्त्री अधिकारीकै पहलमा सरकारले डिडिसीलाई ऋण उपलब्ध गराउने निर्णय गरको थियो भने उखु किसानको अनुदान रकम भुक्तानीलाई पनि ताकेता गर्नूभएको थियो ।
मन्त्री अधिकारीले दसैं अघिनै किसानको रकम भुक्तानी गर्ने प्रतिवद्धता व्यक्त गर्दे आउनुभएको थियो । सरकारले प्रदान गरेको रकम किसानकै खातामा पूग्नुपर्नेमा पनि मन्त्री अधिकारीको जोड रहेको छ ।