कतिपय स्थानमा अवरुद्ध भएको सेवा पुनर्स्थापित भईरहेको छ: नेपाल टेलिकम
काठमाडौं । नेपाल टेलिकमले कतिपय स्थानमा अवरुद्ध भएका आफ्ना सेवा स्थापित गरिरहेको जनाएको छ।
सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले विगत केही दिनदेखिको अविरल वर्षाका कारण नेपालभरीका विभिन्न स्थानहरुमा आएको बाढी, पहिरो तथा डुबानका कारणले कतिपय स्थानमा नेपाल टेलिकमका सेवाहरु अवरुद्ध हुन गएको जानकारी दिएको छ।
विद्युत आपूर्तिमा रोकावट भई नेपाल टेलिकमका बीटीएस टावरहरु बन्द भएको तथा कतिपय स्थानका ट्रान्समिसन लिङ्कहरु समेत अवरुद्ध भएको अवस्थामा प्रतिकूल मौसमका बाबजुद पनि प्राविधिक परिचालन गरी सेवा पुनर्स्थापित गर्ने प्रयास भईरहेको उल्लेख गरेको छ।
“धेरै स्थानका टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भैसकेको छ भने अन्य स्थानमा पनि सेवा पुनर्स्थापनाको प्रयास जारी रहेको व्यहोरा अनुरोध छ।” टेलिकमले भनेको छ।
अप्रत्याशित दैवीप्रकोपका कारणले सिर्जित आपत्तिजनक परिस्थितिमा सेवा अवरुद्ध भई ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति कम्पनीले क्षमासमेत मागेको छ।