तीन दिन भारी वर्षाकाे सम्भावना, विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल तयारी अवस्थामा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।
मौसम विज्ञान विभागले तीन दिन (शुक्रवार, शनिवार र आईतवार) भारी वर्षा हुने भन्दै सूचना जारी गरेको छ । ५६ वटा जिल्लामा वषावको रेड अर्लड जारी गर्दै सचेत रहन आग्रह समेत गरेको छ । यस्तो अवस्थामा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपाल तयारी अवस्थामा बसेको हो ।