‘स्मार्ट वेल्थ प्रो’मा एआइ मार्फत वित्तीय रिपोर्ट विश्लेषण गर्ने सकिने, ७ दिनसम्मको फ्रि ट्रायल पनि उपलब्ध
काठमाडौं । सेयर बजार विश्लेषण गर्न सकिने प्लाटफर्म ‘स्मार्ट वेल्थ प्रो’मा एआइ सञ्चालित विधि मार्फत कम्पनीहरुको त्रैमासिक रिपोर्टको विश्लेषण गर्ने सकिने भएको छ । यसबाट नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै कम्पनीहरुको त्रैमासिक वित्तीय रिपोर्टको सरल तरिकाले बुझ्न सकिने कम्पनीले जनाएको छ ।
यो प्रणाली सेयर लगानीकर्ताहरुलाई प्रभावकारी जानकारी प्रदान गर्न निर्माण गरिएको हो । जसले वित्तीय डाटालाई बुझ्न सजिलो र छिटो बनाउँने कम्पनी भनाई छ । ‘हामीले यो उपकरण वित्तीय रिपोर्ट र लगानीकर्ताहरुबीचको खाडललाई पूरा गर्नका लागि निर्माण गरेका हौं’, सोर्स कोडका प्रमुख कार्यकारी अधिकृत अमोद भट्टराई भने, ‘हाम्रो एआइले लगानीकर्ताहरुलाई छिटो र स्मार्ट निर्णयहरु लिन मद्दत गर्दछ।’
उनले एआइ प्रणालीले वास्तविक समयमा विस्तृत विश्लेषण प्रदान गर्ने बताए । ‘यसले जटिल किसिमका रिपोर्टहरुलाई सजिलो र बुझ्न लायक अन्तर्दृष्टिहरुमा रुपान्तरण गर्दछ । अब लगानीकर्ताहरुले म्यानुअल रुपमा वित्तीय डाटा अध्ययन गर्नुपर्ने आवश्यकता छैन । स्मार्ट वेल्थ प्रोको एआइ उपकरणद्वारा नाफाका प्रवृत्तिहरु, मूल्य विश्लेषण र ५ वर्षदेखिका पुराना डाटामा पहुँच प्राप्त गर्न सकिनेछ, उनले भने ।
‘नेप्सेले सधैं सूचीकृत कम्पनीलाई प्राथमिकता दिएको छ । र, हाम्रो एआइ सञ्चालित सुविधा यस दृष्टिकोणसँग पूर्ण रुपमा मेल खान्छ,’ भट्टराईले थपे, ‘यसले कम्पनीको वित्तीय अवस्था बुझ्न आवश्यक समयलाई उल्लेखनीय रुपमा घटाउँछ ।’
यसको प्रयोग किन गर्ने ?
कम्पनीहरुले आफ्नो वित्तीय रिपोर्ट सार्वजनिक गर्ने वित्तीकै लगानीकर्ताहरुले सबै किसिमका वित्तीय डाटामा पहुँच पाउनेछन् । कम्पनीका अनुसार त्रैमासिक रिपोर्ट विश्लेषणले प्रदान गर्ने थप सुविधाहरु यस्ता छन् ः
– वित्तीय रिपोर्टको सरल तरिकाले व्याख्या,
– नाफा, मूल्य प्रवृत्ति र कम्पनी प्रदर्शनको विश्लेषण,
– दीर्घकालीन प्रवृत्तिहरु मूल्याङ्कन गर्न ५ वर्ष पहिलादेखिका पुराना डाटा,
र, छिटो र सटिक अन्तर्दृष्टिहरु जसले लगानीकर्ताहरुलाई कम समयमा राम्रो निर्णय गर्न मद्दत गर्दछ ।
‘यो सुविधाले लगानीकर्तालाई निर्णय लिने प्रक्रिया छिटो बनाउँछ । जसले गर्दा लगानीकर्ताहरुले आफ्नो रणनीतिमा ध्यान दिन सक्छन्, सोर्स कोडकी बिजनेस डेभलपमेन्ट म्यानेजर, रोजिना श्रेष्ठले भनिन् । ‘हाम्रा सदस्यहरुले अहिले कम्पनीहरुको वित्तीय रिपोर्टको तुरुन्त व्याख्या गर्ने शक्तिशाली उपकरणमा पहुँच पाएका छन् ।’
एआइ सञ्चालित त्रैमासिक रिपोर्ट विश्लेषण यी व्यक्तिहरुका लागि उपयुक्त छ :
– कम्पनीको प्रदर्शनलाई समयक्रममा ट्र्याक गर्ने दीर्घकालीन लगानीकर्ताहरु,
– वास्तविक समयमा सटिक वित्तीय डाटाको आवश्यकता पर्ने डे ट्रेडरहरु,
र, आफ्नो हातमा विस्तृत विश्लेषण चाहिने वित्तीय विश्लेषकहरु
हाल कायम स्मार्ट वेल्थ प्रो सदस्यहरुले यो सुविधा तुरुन्तै प्रयोग गर्न सक्छन् । नयाँ प्रयोगकर्ताहरुले यो प्रणाली प्रयोग गर्दा सेयर बजार विश्लेषणको भविष्य अनुभव गर्न सक्ने कम्पनीको भनाई छ । यो एआइ उपकरणले इन्भेष्टरहरुको लगानीलाई कसरी रुपान्तरण गर्न सक्छ हेर्न सकिने स्मार्ट वेल्थले जनाएको छ । यसका लागि कम्पनीले निःशुल्क ७-दिनको परीक्षणको अवधि पनि दिएको छ ।
स्मार्ट वेल्थ प्रो सोर्स कोडद्वारा विकसित सेयर बजार विश्लेषण गर्न सकिने प्लेटफर्म हो । यसले लगानीकर्ताहरु र ट्रेडरहरुका लागि उपकरणहरुको व्यापक सेट प्रदान गर्दछ । जसमा पोर्टफोलियो व्यवस्थापन, प्राविधिक संकेतहरु, क्यान्डलस्टिक प्याट्रन र थप धेरै समावेश छन् । थप जानकारीका लागि smartwealthpro.com