प्राइम कलेज र भारतको केपीएमजी बिच औपचारिक संझौ्ता, नेपालमा पहिलो पटक अमेरिकी सीपीए तयारी कार्यक्रम संचालन गर्ने
काठमाडौं । प्राइम कलेजले भारतको केपीएमजीसँग ऐतिहासिक साझेदारी गर्दै नेपालमा पहिलो पटक अमेरिकी सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सीपीए) टेस्ट तयारी कार्यक्रम सुरु गर्न लागेकोमा गर्वको अनुभव गरेको छ। यस सम्झौताबाट नेपाली वित्तीय पेशेवरहरू तथा विद्यार्थीहरुलाई विश्वव्यापी मान्यता प्राप्त अमेरिकी सीपीए प्रमाणपत्र प्राप्त गर्ने सुअवसर प्राप्त हुनुको साथै उनीहरूका पेशागत संभावनाहरूको प्रबर्धन हुनेछ र अन्तर्राष्ट्रिय वित्तीय बजारमा उनीहरु राम्रो सफलता प्राप्त गर्न सक्षम हुनेछन् ।
नेपाली विद्यार्थीहरूका लागि एक परिवर्तनकारी अवसर
अमेरिकी सीपीए टेस्ट तयारी कार्यक्रम विश्वव्यापी रूपमा वित्तीय पेशेवरहरूको लागि मानक मानिन्छ, जसले अडिटिङ तथा लेखा क्षेत्रमा काम गर्न चाहने पेशेवरहरूलाई सक्षम बनाउने लक्ष्य राखेको हुन्छ। यस साझेदारीले नेपाली विद्यार्थीहरूलाई अमेरिकी सीपीए परीक्षाको कडा मानक पूरा गर्न डिजाइन गरिएका सम्बद्ध सबै संसाधनहरूमा पहुँच पुर्याउने सुनिश्चितता प्रदान गर्नेछ।
कार्यक्रममा भर्ना हुने विद्यार्थीहरूले केपीएमजी भारतको विशेषज्ञताको लाभ उठाउनेछन् र संवद्द प्रमुख अवधारणाहरू र अभ्यासहरूको गहिरो ज्ञान प्राप्त गर्ने छन्। यसले उनीहरूलाई सीपीए परीक्षा सफलतापूर्वक पास गर्न र करियरमा उत्कृष्टता प्राप्त गर्न मद्दत पुग्नेछ। यस कार्यक्रमको माध्यमबाट, प्राइम कलेज र केपीएमजीले संयुक्त रुपमा नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय वित्तीय सेवा क्षेत्रमा प्रतिस्पर्धात्मक लाभ प्रदान गर्ने लक्ष्य राखेका छन्।
अमेरिकी सीपीए – सीए – एसीसीएका भिन्नताहरू:
अमेरिकी सीपीए (सर्टिफाइड पब्लिक एकाउन्टेन्ट) एक अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त प्रमाणपत्र हो। यो अमेरिका संवद्द कम्पनीहरू वा बहुराष्ट्रिय संस्थाहरूमा काम गर्न चाहने वित्तीय पेशेवरहरूको लागि धेरै फाइदाजनक हुने हुदा, यसको मुख्य जोड अमेरिकी GAAP (जनप्रिय लेखा मानक) मा छ। यसको एक प्रमुख फाइदा यसको छोटो समयावधि हो, जसमा धेरै उम्मेदवारहरूले यसलाई १२-१८ महिनामा नै पूरा गर्न सक्दछन्।यो लेखा र वित्तमा करियर अगाडि बढाउन चाहनेहरूका लागि एक छोटो र प्रभावकारी विकल्प हो। यसको विपरीत, सीए (चार्टर्ड एकाउन्टेन्ट) प्रमाणपत्र (जुन स्थानीय निकायहरू जस्तै नेपाल र भारतको ICAI द्वारा नियन्त्रित छन्) प्राप्त गर्न सामान्यतया ३-५ वर्ष लाग्छ। एसीसीए (असोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स), जो यूकेमा आधारित छ र यसको निम्ति सामान्यतया २ देखि ३ वर्ष लाग्छ।अत: सीपीए प्रमाणपत्र प्राप्त गर्न लाग्ने छोटो अवधि र यसको विश्वव्यापी मान्यताले गर्दा अन्तर्राष्ट्रिय स्तरमा प्राप्त हुने करियर अवसरहरूको लागि यो थप आकर्षक भइरहेको छ।
नेपालमा सीपीए टेस्ट तयारी कार्यक्रम संचालन गरेर, प्राइम कलेज नयाँ बजारले विद्यार्थीहरूलाई एक अद्वितीय अवसर प्रदान गर्दैछ जसले केवल नेपालमा मात्र नभई विश्वव्यापी रुपमा उनीहरुलाई आकर्षक पेशाहरुको निम्ति अवसर प्रदान गर्नेछ।
आगामी परिप्रेक्ष्य
यो साझेदारीले एकातर्फ प्राइम कलेज नयाँ बजार र केपीएमजीको नेपालमा शिक्षाको स्तर बढाउने प्रतिबद्धता दर्शाउँछ भने अर्को तर्फ विद्यार्थीहरूलाई विदेश जानै नपरी स्वदेशमा नै पेशागत योग्यता सुधार्ने एक परिवर्तनकारी अवसर प्रदान गर्दछ। सीपीए प्रमाणपत्र प्राप्त गरेपछि, विद्यार्थीहरू स्थानीय र अन्तर्राष्ट्रिय बजारका मागहरू पूरा गर्न तयार हुनेछन्, जसले उनीहरूको करियरमा ठुलो सफलता प्राप्त गर्न मद्दत गर्नेछ।
अमेरिकी सीपीए टेस्ट तयारी कार्यक्रमको बारेमा थप जानकारीको लागि कृपया प्राइम कलेजको आधिकारिक वेबसाइटहरूमा जानुहोला।
प्राइम कलेज नयाँ बजारको बारेमा
प्राइम कलेज नेपालको एक प्रमुख शैक्षिक संस्था हो, जुन विविध विषयमा व्यावहारिक र सीपमा आधारित शिक्षा प्रदान गर्नमा केन्द्रित छ। नवप्रवर्तन र उत्कृष्टताको प्रोत्साहनमा प्रतिबद्ध, प्राइम कलेजले त्रि. वि. वि. संगको संवन्धनमा स्नातक र स्नातकोत्तर स्तरमा कार्यक्रमहरू संचालन गरिरहेको छ। यस कलेजले विद्यार्थीहरूलाई आजको प्रतिस्पर्धात्मक विश्वव्यापी वातावरणमा उत्कृष्टता प्राप्त गर्नका लागि आवश्यक उपकरणहरू प्रदान गर्नुको साथै शिक्षा र उद्योग बीचको बेमेललाई मिलाउदै ती बीचको पुल सृजना गरी सफल ट्र्याक रेकर्ड सहित लगातार आफ्ना विद्यार्थीहरूका लागि विभिन्न अवसरहरू विस्तार गर्ने कार्य गरिरहेको छ।
केपीएमजीसँगको यो साझेदारी प्राइम कलेजको शैक्षिक यात्रामा एक महत्वपूर्ण कोसेढुङ्गा हो, जसले नेपालमा विद्यार्थीहरूलाई विश्वस्तरीय सीपीए परीक्षा तयारीको पहुँच प्रदान गर्नेछ। केपीएमजीसँगको साझेदारीले प्राइम कलेजको विश्वव्यापी रूपमा सान्दर्भिक योग्यता प्रदान गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ, जसले नेपाली विद्यार्थीहरूको रोजगारयोग्यता र पेशागत सीपलाई वृद्धि गर्न मद्दत गर्नेछ।
केपीएमजी भारतको बारेमा
केपीएमजी भारत, केपीएमजीको विश्वव्यापी नेटवर्कको एक हिस्सा हो। विभिन्न उद्योगहरूमा अडिट, कर र परामर्श सेवाहरू प्रदान गर्ने कामले यो निकाय सम्मानित छ। सन १९९३ मा स्थापना भएदेखि केपीएमजी भारतले यस क्षेत्रमा आफ्नो एक बलियो उपस्थिति देखाइ सकेको छ।यसले विद्यार्थीहरू र वित्तीय क्षेत्रका पेशेवरहरूको बदलिँदो आवश्यकताहरूलाई सम्बोधन गर्ने शैक्षिक कार्यक्रमहरू प्रदान गरिरहेको छ।
स्थानीय नियम र सर्वोत्तम वैश्विक अभ्यासहरूको गहिरो ज्ञान राख्नुको साथै केपीएमजी भारतको शिक्षा सेवाले विद्यार्थीहरूलाई विश्वव्यापी वित्तीय परिदृश्यमा सफल हुन आवश्यक सीप र ज्ञानले सुसज्जित गर्ने लक्ष्य राख्छ। नेपालमा अमेरिकी सीपीए टेस्ट तयारी कार्यक्रमको शुरूवात केपीएमजीको क्षेत्रीय शैक्षिक विकासमा देखाएको प्रतिबद्धता को प्रमाण पनि हो।