अनिल रेग्मी गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त
काठमाडौँ । अनिल रेग्मी गरिमा विकास बैंक लिमिटेडको नायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । बैंकको भदौ ३१ गते सोमबार बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रेग्मी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
विकास बैंकको सञ्चालक समितिले दुई वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई असोज १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले गत चैत १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।
रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालीन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्षसहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहमा रही करिब १३ वर्ष कार्य गरेको अनुभव रहेको छ ।
बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रहेका रेग्मीसँग बैंकिङ्गलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभवसमेत रहेको छ ।
काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकलार्ई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।