केटीएम बाइकले चाडपर्वको अवसरमा ल्यायो विशेष अफर

काठमाडौं । चाडपर्वको अवसरमा केटीएम नेपालले मोटरसाइकल प्रेमीहरूका लागि विशेष अफर ल्याएको छ ।
यस उत्सवको उमंगलाई थप विशेष बनाउन, केटीएमले हरेक बाइक खरिदमा विशेष केटीएम राइडिङ ज्याकेट प्रदान गर्ने घोषणा गरेको छ । उक्त ज्याकेटले राइडरलाई स्टाइलिश बनाउँनुका साथसाथै सुरक्षा र आराम पनि सुनिश्चित गर्दछ, जसले साहसिक यात्रामा अतिरिक्त आत्मविश्वास दिनेछ ।
ग्राहकहरूलाई थप लाभ दिनका लागि केटीएमले पुरानो बाइक एक्सचेन्ज गर्ने ग्राहकहरूलाई अतिरिक्त १५,००० रुपियाँ थप मूल्यांकन पनि प्रदान गरिरहेको छ । उक्त अफरले नयाँ बाइक खरिदको अनुभवलाई सहज र लाभदायक बनाउनेछ भने ग्राहकहरूले आफ्नो पुरानो बाइकलाई प्रतिस्थापन गरेर, केटीएमको उन्नत र प्रख्यात बाइकको स्वामित्व पाउने अवसर प्राप्त गर्नेछन् ।