नेपाली बजारमा केटीएम ३९० एडभेन्चर २०२४ पुनः लञ्च, अब प्रि-बुकिङ्गमा विशेष अफर
काठमाडौं । नेपाली बजारमा अग्रणी मोटरसाइकल कम्पनीको रुपमा स्थापना भइसकेको, विश्वकै नम्बर १ प्रिमियम मोटरसाइकल ब्रान्ड, केटीएम ले बहुप्रतीक्षित केटीएम ३९० एडभेन्चर २०२४ लाई नेपाली बजारमा पुनः सार्वजनिक गरेको छ। सेप्टेम्बर १०, २०२४ मा काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममार्फत, यो नयाँ मोडेल नेपालभरिका शोरूमहरूबाट उपलब्ध हुने कम्पनीले जनाएको छ। केटीएम ३९० एडभेन्चर २०२४ को प्रारम्भिक मूल्य रु. ९,९९,९००/- तोकिएको छ भने उक्त बाइक तीन नयाँ रंगहरू—ब्ल्याक, ह्वाइट र इलेक्ट्रोनिक ओरेन्जमा उपलब्ध रहेको छ।
केटीएम ३९० एडभेन्चर २०२४ विशेष रूपमा साहसी यात्राका लागि डिजाइन गरीएको हो, जसले अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन, र अत्यन्त टिकाउपनको संयोजनले हरेक प्रकारको यात्राका लागि उपयुक्त बनाउँछ। यस पुनः लन्चको अवसरमा, केटीएमले प्रि-बुकिङ गर्ने ग्राहकहरूलाई रु. ४८,००० बराबरको एरोह हेलमेट र एरिएटे गगल्स उपहारस्वरूप प्रदान गर्ने विशेष अफरको घोषणा पनि उक्त कार्यक्रम मार्फत गरीएको थियो।
यो नयाँ केटीएम ३९० एडभेन्चर साहसिक यात्राको लागि एक आदर्श बाइक हो, जसमा हल्का ट्रेलिस फ्रेम च्यासिस, अगाडि १७० एम.एम. र पछाडि १७७ एम.एम. को ट्राभल रहेको डब्लूपी सस्पेन्सन, मेट्जेलर नब्बी टायर, २०० एम.एम. को उच्च ग्राउन्ड क्लियरेन्स, लामो ह्वीलबेस, र इन्जिन सुरक्षाको लागि ब्याश् प्लेट जस्ता विशेषताहरू रहेका छन्। यसले अफरोडमा उत्कृष्ट प्रदर्शन गर्दै सुरक्षा र सन्तुलनलाई प्राथमिकता दिएको छ।
३९० एडभेन्चरको सबैभन्दा मुख्य विशेषता भनेको यसमा रहेका इलेक्ट्रोनिक सहायक सुविधाहरू हुन्, जुन सुपरबाइकहरूमा मात्र पाइने प्रविधिहरू हुन्। लेन एंगल सेन्सिटिभ मोटरसाइकल ट्र्याक्सन कन्ट्रोल (MTC), कर्नरिङ ABS, अफरोड ABS, क्विकशिफ्टर+ र केटीएम MY RIDE जस्ता प्रविधिहरूले यसलाई थप सुरक्षित र सहज बनाएको छ। यी सबै सुविधाहरू TFT डिस्प्लेद्वारा स्पष्ट रूपमा देखिन सकिन्छ, जसले राइडरलाई अधिकतम नियन्त्रण प्रदान गर्दछ।
केटीएम ३९० एडभेन्चरमा केटीएम ३९० ड्युकको इन्जिन प्रयोग गरिएको छ, जुन DOHC सिङ्गल सिलिन्डर इन्जिन हो। यसले ४३ एचपीको पावर र ३७ एनएमको टर्क उत्पादन गर्छ, जसले छोटो र लामो दुबै यात्राका लागि उपयुक्त बनाउँछ।
यो मोडेल नेपालका राइडरहरूको लागि उत्कृष्ट रोजाइ बन्ने अपेक्षा गरिएको छ, विशेष गरी उनीहरूका लागि जसले सडक र अफरोड दुबैमा सहज अनुभव खोजिरहेका छन्। केटीएमले नेपालभरका शोरूमहरूमा यो बाइक सजिलै उपलब्ध गराएको छ, र साहसिक यात्राका लागि चाहिने सबै सुविधाहरू यसमा समेटिएको छ।