ब्लु क्रस हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल प्रालिमा विशेष छुट मिल्ने भएको छ ।
प्रभु बैंक र हस्पिटलबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
एक समारोहकाबीच ब्लु क्रस हस्पिटलका रजत श्रेष्ठ र प्रभु बैंकका बागमती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्रबाबु विष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ब्लु क्रस हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ओपिडि टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतका सेवाहरुमा ५ प्रतिशतदेखि १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाटसमेत भुक्तानी गर्न सक्नेछन् ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३”को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर रहेको छ । बैंकका करिब ३१ लाख भन्दा बढी ग्राहकहरु छन् ।