नेपाली बजारमा बोटले थप प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरु ल्याउँदै
काठमाडौं । नेपालमा टेलिटक प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै आएको भारतको अडियो र वेयरेवल ब्राण्ड बोटले नयाँ प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरुको बजारीकरण गर्दै आफ्नो क्षेत्रिय नेतृत्वलाई अझ सुदृढ बनाउने योजना बनाएको छ।
नेपालमा सार्वजनिक भएसँगै बोट अडियो र वेयरवल्समा प्रमुख ब्राण्डको रुपमा स्थापित गर्न सफल भएको थियो साथै पछिल्लो दुई आर्थिक वर्षमा निरन्तर रुपमा ब्राण्ड भ्यालुको आधारमा पहिलो र भोल्युमको आधारमा दोस्रो स्थान ओगट्न सफल रहेको छ।
नेपालको प्रमुख ईःकमशमा सार्वजनिक हुँदा पनि बोटले किर्तीमानी विक्री गर्दै त्यो सफलतालाई निरन्तर रुपमा अघि बढाउँदै गएको दाबी गरेको छ।
बोटले आफ्नो उत्पादनहरुको बढ्दो मागलाई ध्यानमा राखेर नेपाली उपभोक्ताहरु माझ नवीन प्रविधि र उच्च गुणस्तरयुक्त उत्पादनहरु प्रदान गर्ने प्रतिबद्धताका साथ टीडब्लुएस मोडेलहरू, Nirvana ION, Airdope Supreme/Airdope 91 का साथै वेभ कल २ (Wave call 2) स्मार्टवाच र पावरबैंकहरु पनि उपलब्ध गराउँदै छ।
बोटका उत्पादनहरू अब नेपालभरि १,००० भन्दा बढी रिटेल र मोबाइल पसलहरूमा उपलब्ध छ र ब्राण्डको स्थापना देखि नै दराजमा एक प्रमुख बिक्री कर्ताको रूपमा प्रस्तुत भइरहेको छ।
बोटले नेपालभरि १० भन्दा बढी टच प्वाइन्टहरुबाट ग्राहकवर्गलाई वारेन्टी लगायतका विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ। यसै कारणले बोट नेपाली बजार तथा ग्राहक सेवामा समर्पित रहेको प्रमाण पनि गर्दछ र बोटलाई अन्य ब्राण्डहरू भन्दा भिन्न दर्शाउँछ।
नेपालमा आफ्नो निरन्तर सफलतालाई प्रबर्द्धन गर्न, बोटले यही भाद्र २० देखि भाद्र २६ (सेप्टेम्बर ५ देखि ११) सम्म दराजमा “boAtheadDAYS” नामक ब्राण्ड वीक सेल आयोजना गरिरहेको छ।
यस अवधिमा, ग्राहकहरूले चयन गरेका उत्पादनहरूमा ७० प्रतिशतसम्मको छुटका साथै बोटका प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरू किफायती मूल्यमा लिन सक्नेछन्।
‘नेपालमा हाम्रो यात्रा उल्लेखनीय वृद्धि र सफलताका साथ उपभोक्ताहरुबाट प्राप्त अभूतपूर्व सकारात्मक प्रतिक्रियाले प्रेरित छन्। गुणात्मक बृद्धिसँगै, हामी नेपाली बजारमा नवीन र उच्च–गुणस्तरीय उत्पादनहरू प्रदान गर्न अझै प्रतिबद्ध छौं। टेलिटकसँगको हाम्रो साझेदारीले हामीलाई अझ बढी उपभोक्तासम्म पुग्न सक्षम बनाउने छ र यस क्षेत्रमा निरन्तर वृद्धिको आशा राखेका छौं,” बोट (इमेजिन मार्केटिङ लिमिटेड) का प्रवक्ताले बताए।