काठमाडौं महानगरपालिकाद्वारा पदक विजेता पलेशा गोवर्द्धनलाई नगदसहित सम्मान
काठमाडौं । पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवर्द्धनलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । कांस्य पदक जितेकी गोवर्धनलाई मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको उपस्थितिमा महानगरले पलेशालाई नगद ५ लाख रुपैयाँसहित सम्मान गरेको हो ।
महानगरले कोच रविराज नेगीलाई पनि तीन लाख रूपैयाँकासाथमा सम्मान गरेको छ । पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा काँस्य पदक जितेकी थिइन् । यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो ।