सिद्धार्थ बैंकका ग्राहकहरुलाई अकामा होटेलमा १५% सम्मको छुट
काठमाडौं । सिद्धार्थ बैंक र अकामा होटेल लि.बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुम्बाराहीस्थित अकामा होटेलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज साथै हेल्थ क्लब सुबिधामा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झाैताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्ने बैंकले जनाएकाे छ ।
फाेन : ०१-५९७००२०
ईमेलः [email protected]
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस्’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।