सुनको मुल्यमा यो साता पनि रेकर्ड पछि रेकर्ड कायम
काठमाडौं । यो साता पनि सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको चोथो दिन बुधबार रेकर्ड कायम गरेको मुल्यले पाँचों दिन बिहिबार पनि पुनः ऐतिहासिक रेकर्ड कायम गरेको हो । अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावले सुनको मुल्य बढ्न सघाएको
बिश्लेषकहरुको भनाई छ ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्यले रेकर्ड पछि रेकर्ड कायम गर्यो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख ३० हजार ६ सय ६० रुपैयाँ रहेको सुनको मुल्य साताको चौथो दिन बुधबार उच्च रेकर्ड राख्दै प्रति १० ग्राम १ लाख ३१ हजार २ सय ६० रुपैयाँ पुग्यो ।
त्यस पछि बिहिबार रपुनः अर्को रेकर्ड कायम गर्दै प्रति १० ग्रामको मुल्य १ लाख ३१ हजार ३ सय ४५ रुपिैयाँ पुग्यो । साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार भने मुल्य सामान्य घटेर प्रति १० ग्राम १ लाख ३१ हजार ८५ रुपैयाँ कायम भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा पछिल्लोकारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ४ सय २५ रुपैयाँ बढी हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५ सय ८६ रुपैयाँ रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ५ सय ६० रुपैयाँ ५० पैसा भयो ।