सार्वजनिक भयो नेपालमै एसेम्बल रोयल इन्फिल्ड हिमालयन ४५०, कति पर्छ मूल्य?
काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा शुरु भएको नाडा अटो शो २०२४ मा नेपालमै एसेम्बल रोयल इन्फिल्ड सार्वजनिक भएको छ ।
रोयल इन्फिल्डको नेपालस्थित आधिकारिक बिक्रेता त्रिवेणी ग्रुपअन्तर्गतको अल्फा अटोभोटिभ्सले हिमालयन ४५० सार्वजनिक गरेको हो । बाइकमा ४५२ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४ भल्भ इन्जिन छ । जसलाई शेर्पा नाम दिइएको छ । यसमा पहिलोपटक हिमालयनमा लिक्विड कुल्ड इन्जिन प्रयोगमा ल्याइएको कम्पनीले जनाएको छ ।
बाइकले ८००० आरपीएममा अधिकतम ४०.२ पीएस पावर र ५५०० आरपीएममा अधिकतम ४० एनएम टर्क जेनेरेट गर्छ । यसमा टर्न वाइ टर्न नेभिगेशन, राइड मोड, स्वीचएवल एबीएस, टीएफटी कन्सोल, अफरोड स्पोक ह्विल, स्लिपर एसिस्ट क्लच, यूएसडीरमोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट लगायत फिचर रहेको कम्पनीले बताएको छ ।
यसमा पहिले जस्तै २१/२७ इन्चका टायर प्रयोग गरिएको छ । यद्यपि, टायरहरू सबै नयाँ भएको कम्पनीको भनाइ छ ।
पहिलोपटक नेपालमै एसेम्बल रोयल इन्फिल्ड हिमालयन ४५० को मूल्य ९ लाख ८९ हजारदेखि १० लाख ३९ हजार रुपैयाँसम्म रहेको छ ।