ज्योति विकास बैंकका ग्राहकहरुलाई“Lugasuga Traders”मा २२ प्रतिशत सम्मको छुट
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं–पेप्सीकोलास्थित प्रख्यात “Lugasuga Traders” मा बैंकका ग्राहकहरूलाई २२% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको जनाएको छ ।
उक्त सम्झौतासँगै, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त स्टोरमा सामान खरिद गर्दा २२% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी, हालै बैंकले काठमाडौंस्थित प्रख्यात “Lugasuga Traders”“ का देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । साथ Tranquility Wellness Card (TWC) धारक ज्योति विकास बैंकका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४०% छुट तथा स्पा, मसाज, स्टिम, साउना, जकुजी लगायतका अन्य सेवाहरूमा ६०% सम्मको विशेष छुट प्राप्त गर्ने अवसर पाउने जनाइएको छ ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशभरका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।