जोइलोङ्ग गाडीहरूको एकमात्र अधिकृत वितरकको रुपमा भिजी मोटर्स नियुक्त
काठमाडौँ । भिजी मोटर्स र जोइलोङ्गबीच नेपाली बजारका लागि एक मात्र अधिकृत विक्रेता विशेष डिलरशिप सम्झौता भएको छ ।
नेपालको अटोमोबाइल उद्योगमा अग्रगामी स्थान हासिल गर्न सफल विशाल ग्रुपको सहायक कम्पनी भीजी मोटर्सले चीनको Jiangsu Joylong Automobile सँग एक विशेष सम्झौता भएको हो ।
यस सम्झौता चीनमा औपचारिक रूपमा सम्पन्न भएको छ। यस सम्झौताद्वारा भिजी मोटर्स नेपालका लागि Joylong गाडीहरूको एकमात्र अधिकृत वितरकको रुपमा नियुक्त भएको छ।
भिजी मोटर्स व्यावसायिक विधुतीय सवारी साधनको आयात, विक्रि वितरण तथा विक्रि पश्चातको सर्विसमा केन्द्रित छ। यसले नेपाली बजारको लागि ११ देखि २३ सिटे मिनी र माइक्रो भ्यानहरूको आवश्यकतालाई पूरा गर्दै आएको छ।
एस आर एमद्वारा निर्मित ११ सिटे विधुतीय भ्यानको सफल संचालन पछि भिजी मोटर्सले चीनको प्रतिष्ठित कम्पनी Joylong सँग उनीहरूको १७ देखि २० सिटे विद्युतीय सवारी साधनहरू नेपालमा प्रस्तुत गर्ने सम्झौता गरेको कम्पनीले जनाएको हो ।
जोइलोङ्ग अटोमोबाइल चीनको सबैभन्दा ठूला व्यावसायिक सवारी साधन निर्माता कम्पनीहरूमध्ये एक हो। यसले आफ्ना उत्पादनहरु एशिया, मध्यपूर्व, दक्षिण अमेरिका, र अफ्रिकामा व्यापक रूपमा निर्यात गर्दछ ।
जोइलोङ्गले सन् २००९ देखि विश्वभरि १ लाख भन्दा बढी सवारी साधनहरू निर्यात गरिसकेको छ। यो सम्झौता पश्चात जोइलोङ्गका उच्च गुणस्तरका विद्युतीय सवारी साधनहरू नेपालमा संचालनमा आउने छन्।
जोइलोङ्गको चीनमा रहेको कारखाना एकदम नै अत्याधुनिक एवं विशाल छ । जोइलोङ्गको अत्याधुनिक कारखानामा सवारी साधनको अनुसन्धान र विकास, बिक्री पश्चात सेवा, दक्ष तथा अनुभवी कामदार तथा प्राविधिक मार्फत ग्राहकका समस्या समाधान गर्न कम्पनी सक्छम रहेको कुरा कम्पनीका जेनेरल म्यानेजर पिट बताउछन् ।
जोइलोङ्गको कारखाना लगभग २८०,००० वर्ग मिटरमा फैलिएको छ। यस कारखानामा सम्पूर्ण सवारी साधनहरू र स्पेयर पार्ट्सहरुको उत्पादन हुने विभाग छ। जोइलोङ्गका सवारी साधनहरू विभिन्न प्रयोजनहरूका लागि प्रयोग गरिन्छन्।
सुरुवाती चरणमा , भिजी मोटर्सले नेपाली बजारमा जोइलोङ्गका दुइ मोडेलहरू प्रस्तुत गर्नेछ: Joylong EA5 र Joylong EA6, Joylong EA5 : यो एक १७ सिटे मिनीभ्यान हो।
यसमा ६०.१ kWh ब्याट्री छ र यसले ३०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ। Joylong EA6 : यो एक २० सिटे मिनीभ्यान ह। यसमा ८६.१० kWh ब्याट्री छ र यसले ४०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ।।
जोइलोङ्गका दुवै मोडेलहरू आउने NADA अटो शोमा प्रतिस्पर्धात्मक मूल्यमा प्रदर्शन गरिनेछन्।
नेपालका अत्याधिक उकालो बाटाहरूमा पनि यी गाडीहरू सहज रूपमा संचालन गर्न सकियोस भनेर जोइलोङ्गका विधुतीय गाडीहरूमा शक्तिशाली मोटरहरूको जडान गरिएको छ। १७ सिटे मोडेलमा १०० किलोवाट र २० सिटे मोडेलमा १२० किलोवाटको मोटर रहेको छ।
भिजी मोटर्सले चार्जिङको समस्यालाई समाधान गर्न, नेपाल भरी ४० वटा GBT चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ, र यस वर्ष थप ११० वटा चार्जिङ स्टेसनहरू जडान गर्ने योजना छ।
त्यसबाहेक, भिजी मोटर्सले जोइलोङ्गका सवारी साधनहरूको लागि ठूला ब्याट्री चार्ज गर्न बढी क्षमताका फास्ट चार्जिङ स्टेसनहरू पनि स्थापना गराउने योजना बनाएको छ।
जोइलोङ्गको सवारी साधनहरूले यातायात व्यवसायी, विद्यालयहरू, र होटलहरूको आवश्यकता परिपूर्ति गर्ने कुरामा कम्पनी विस्वस्त छ।
भिजी मोटर्सको मुख्य उद्देश्य भनेको नै विक्रि पश्चातको सेवा हो। उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गरेर ग्राहकहरूको अपेक्षाहरूभन्दा माथि उठ्नु र ग्राहकको मन जित्नु नै भिजी मोटर्सको उद्देश्य रहेको छ।