उपेन्द्र यादवलाई सत्ता बाहिर बस्ता मात्रै मधेशको चिन्ता लाग्छः जसपा महासचिव राई

काठमाडौं। जनता समाजवादी पार्टीका महासचिव मो. ईश्तियाक राईले उपेन्द्र यादव सत्ता बाहिर रहदा मात्र मधेसको हक अधिकार खोज्ने सत्तामा रहदा बिर्सने गरेको आरोप लगाए ।
उपेन्द्र यादवको एकांकी व्यवहार अनि दम्म र निरंकुश शैलिकै कारण पार्टी फुटेको बताए । उपेन्द्र जी चुनावमा हार व्योहोरी पछि सवै नेता कार्यक्रताहरुलाई शंखा गरेर हेर्ने गरेको बताए । उनी पछिल्लो समय सानो घेरामा रमाउन थालेको, परिवारवादमा बसेको र पदकालागि तल्लो स्तरको व्यवहार प्रर्दशन गरेकोले पनि पार्टी फुट्नुको विकल्प नरहेको बताए ।
उनी भने –‘जनताको सशक्त आवाज उठाउन र नयाँ ढंगले जानका लागि र मधेशी, जनजाती, खस, आर्य, मुशल्मान, दलित, महिला लगाएतमा हुदै आएको सवै खालका विभेदको अन्त्य र हक अधिकारका प्राप्तिको सुश्चितका लागि जसपा गठन भएको कपिलवस्तु जिल्ला भेलामा बताए ।’
उत्त भेलाले जसपा कपिलवस्तुका अध्यक्षमा ईरफान खाँलाई चयन गरेको छ । खाँ को सम्योजनमा २१ सदस्य जिल्ला कार्यसमिति घोषणा गरेको छ ।
प्रदेश अध्यक्ष महेन्द्र यादवको अध्यक्षतामा भएको भेलामा जसमा केन्द्रीय सदस्यहरु मनिकर कार्की र नविन सुनवार लगाएतको उपस्थिति रहेको थियो ।