आज अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौं । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज भदौ ६ गते बिहीबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ५८ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ९८ पैसा कायम भएको छ । यसअघि बुधबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ३८ पैसा र खरिददर १३३ रुपैयाँ ७८ पैसा थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४९ रुपैयाँ ५८ पैसा रहेको छ भने खरिददर १४८ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७५ रुपैयाँ ३८ पैसा खरिद दर १७४ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ २९ पैसा र बिक्रीदर ९० रुपैयाँ ६९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ ५० पैसा र बिक्रीमा ९८ रुपैयाँ ९४ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।