आज पनि घट्यो अमेरिकी डलरको भाउ
काठमाडौं । आज अमेरिकी डलरको भाउ आज पनि केही घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज भदौ ५ गते बुधबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ३८ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ७८ पैसा कायम भएको छ । यसअघि मंगलबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ५० पैसा र खरिददर १३३ रुपैयाँ ९० पैसा थियो । मंगलबार पनि डलरको भाउ घटेको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४८ रुपैयाँ ८५ पैसा रहेको छ भने खरिददर १४८ रुपैयाँ १९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ ८५ पैसा खरिद दर १७४ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४५ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ २६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७० पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।