इन्फिनिक्स जीटी २० प्रो : मोबाइल गेमिङ प्रयोगकर्तामा उत्साह
काठमाडौं । नेपालमा ‘इन्फिनिक्स जीटी २० प्रो’ ले मोबाइल गेमिङ प्रयोगकर्तालाई उत्साह थपेको कम्पनीले जनाएको छ ।
मिडिया टेक डाइमेन्सिटी ८२०० अल्टिमेट मिडिया टेक डाइमेन्सिटी ८२०० अल्टिमेट चिपसेटबाट सञ्चालित यो फ्ल्यागसिप गेमिङ स्मार्टफोन मोबाइल गेमिङ प्रेमीका लागि नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको भनाइ छ ।
गेमरहरूले उच्चस्तरीय प्रदर्शन गर्न सक्ने गरी यो स्मार्टफोन डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
शक्तिशाली मिडिया टेक डाइमेन्सिटी ८२०० अल्टिमेट चिपसेटले असाधारण गति, दक्षता र ग्राफिक्स क्षमता प्रदान गर्ने भएकोले खेललाई पूर्ण रूपमा इमर्सिज गर्ने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार’ इन्फिनिक्स जीटी २० प्रो’ मा मिडिया टेक डाइमेन्सिटी ८२०० अल्टिमेट चिपसेट, साइबर मेका डिजाइन २.०, डेडिकेटेड गेमिङ डिस्प्ले चिप, १२ जीबी र्याम र २५६ जीबि स्टोरेज, ५० एमपी ट्रिपल एआई क्यामरा, इनह्यान्स्ड कुलिङ सिस्टम लगायतका विशेषताहरू रहेका छन् ।