कजारिया रमेश टायल्स लिमिटेडद्धारा धनगढीमा ग्यालेक्सी शोरुम उद्घाटन

काठमाडाैँ । कजारिया रमेश टायल्स लिमिटेडले धनगढीमा राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुमको उद्घाटन गरेको छ।
शोरुम अत्याधुनिक र पश्चिम नेपालमा सबैभन्दा ठूलो टायल्स शोरुमको रूपमा रहेको कम्पनीले दाबी गरेकाे छ।
कार्यक्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल, कजारिया रमेश टायल्स लिमिटेडका कन्ट्री म्यानेजर प्रवीण सिंह, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, र धनगढी उपमहानगरपालिका वार्ड नं ४ का अध्यक्ष बुद्धि बहादुर खड्का सहित स्थानीयवासीको उपस्थिति थियो।
धनगढीको मुख्य सडकमा रहेकाे यस शोरुमले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्नुका साथै क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने कम्पनीकाे भनाइ छ।
कजारिया रमेश टायल्स लिमिटेड नेपालको एक प्रमुख व्यापारिक समूह रमेश कर्प र भारतको नम्बर १ टायल कम्पनी कजारिया सिरामिक्स लिमिटेडबीचको संयुक्त उत्पादन हो।
कम्पनीले नेपालभर डिजिटल भिट्रिफाइड ग्लेज्ड टाइल्सहरू बिक्री गर्ने गर्दछ।