बीमा प्राधिकरणका संचालक ओलीको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणका संचालक समितिका बीमा विज्ञ सदस्य कपिल देव ओलीको दोस्रो पटकको चारवर्षे कार्यकाल पूरा भएको छ ।
त्यस अवसरमा बीमा विज्ञ सदस्य ओलीको विदाई एवम् सम्मानमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा एक कार्यक्रम आयोजना गरियो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा विज्ञ सदस्य ओलीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै उपहार तथा सम्झनाको चिनो प्रदान गरे ।
अध्यक्ष सिलवालले प्राधिकरणको संचालक समितिमा बीमा विज्ञ सदस्यका रुपमा रहेर ओलीले पुर्याउनुभएको योगदान प्रशंसनीय रहेको बताए ।