सोलुखुम्बु जिल्लाको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा स्थापित
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा स्थापित भएको छ । सोलुखुम्बु जिल्लाको खुम्बु गाउँपालिका–५, थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुलीमा समस्या आएपछि सेवा अवरुद्ध भएको थियो ।
उक्त क्षेत्र लगायत नाम्चे, खुमजुंग, पानी ट्यांकीका बीटीएस टावरहरु बन्द भएकोमा नेपाल टेलिकमले उक्त टावरहरु सञ्चालन गरी हाल टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गरिसकेको कम्पनीले जनाएको छ । हाल नाम्चे, खुमजुंग, पानी ट्यांकी, फोट्से लगायत क्षेत्रका बीटीएस टावरहरु सुचारु भई उक्त क्षेत्रमा मोवाइल सेवा स्थापित भएको टेलिकमले जनाएको छ ।