सुनको मुल्यमा यो साता पनि नयाँ रेकर्ड कायम
काठमाडौं । यो साता सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार र शेयर बजारको बृद्धिले सुन बजारमा प्रभाव परेको बिश्लेषकहरुको भनाई छ । साताको शुरुको तेस्रो दिन अर्थात मंगलबार नयाँ उचाइमा पुगेको मुल्य त्यस
पछिका दिनमा भने सामान्य घट्यो ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्यले नयाँ रेकर्ड कायम गर्यो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २७ हजार ५ सय ७० रुपैयाँ रहेको सुनको मुल्य साताको तस्रो दिन मंगलबार हालसम्मकै उच्च अर्थात प्रति १० ग्राम १ लाख २९ हजार २ सय ८५ रुपैयाँ पुग्यो । त्यस पछिका दिन ओरालो लागेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ लाख २८ हजार २ सय ६० रुपैयाँकायम भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ६ सय ९० रुपैयाँ बढी हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ४ सय ७४ रुपैयाँ ६० पैसा रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ५ सय ९ रुपैयाँ कायम भयो ।