राष्ट्र बैंकले खारेज गर्यो दुई मनी एक्सचेञ्ज कम्पनीको लाइसेन्स

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई मनी एक्सचेञ्ज कम्पनीको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार एक सूचना जारी गर्दै दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजत खारेज गरेको जनाएको छ।
राष्ट्र बैंकले ठमेलमा रहेको रेन्बो मनी एक्स्चेन्ज र ललितपुरको पुल्चोकमा रहेको कसा मनी एक्स्चेन्जको इजाजतपत्र खारेज गरेको हो ।
यी दुबै कम्पनीले इजाजतपत्र नवीकरण नगरेको कारण इजाजतपत्र खारेज गरेको राष्ट्र बैंकले जानकारी गराएको छ।