मोदी ईनर्जीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौँ । मोदी ईनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिएको छ।
साउन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले बैंकको ऋण चुक्ता गर्नका लागि हकप्रद निष्काशन गर्न लागेको बताएको छ।
आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कम्पनीले सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ।