शिखर इन्सुरेन्सको खुद नाफा २२ करोड ६१ लाख
काठमाडौं । शिखर इन्सुरेन्स कम्पनीको खुद नाफा १२६.८७ प्रतिशतले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा ५१ करोड ३० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यसले २२ करोड ६१ लाख रुपैयाँ नाफा गरेको थियो ।
असारसम्ममा कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि १३.३२ प्रतिशतले बढेर १ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यसको कुल आम्दानी पनि ४.०६ प्रतिशत बढेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
यसको रिजर्भ कोष २५२.३४ प्रतिशतले बढेर ३१ करोड ५१ लख रुपैयाँ कायम भएको छ । यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५२ पैसाबाट बढेर १९ रुपैयाँ ३२ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ५९ पैसा छ ।