आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको खुद नाफा ६१ करोड २१ लाख, प्रतिसेयर आम्दानी पनि बढ्यो
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको खुद नाफासँगै प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा खुद नाफा १५६.६७ प्रतिशतले बढेर ६१ करोड २१ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले २३ करोड ८४ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क आर्जन बढेसँगै यसको खुद नाफा बढेको हो ।
खुद बिमा शुल्क आर्जन ९०.५६ प्रतिशतले बढेर १ अर्ब ४१ करोड ८२ लाख ८१ हजार रुपैयाँ पुगेको छ । कुल आम्दानी ८९.६३ प्रतिशतले बढेर २ अर्ब ३६ करोड ५४ लाख २ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, कमिसन बापतको आम्दानी पनि ३०.०७ प्रतिशतले बढेर ३६ करोड ९० लाख ४० हजार रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३४ पैसाले बढेर २० रुपैयाँ २१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ७० पैसा छ ।