उपकार लघुवित्तको नाफा १ करोड ८५ लाख

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.४१ प्रतिशत कम हो । यस संस्थाले अघिल्लो वर्ष २ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ११ करोड ८२ लाखबाट बढेर १३ करोड २९ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढेपनि संस्थाको नाफा घटेको देखिएको छ । यसको राइट ब्याक रकम कम हुँदा नाफा घटेको हो । अघिल्लो वर्ष संस्थाले १ करोड ६७ लाख रुपैयाँ राइट ब्याक गरेको थियो । गत वर्ष ९० लाख मात्र राइट ब्याक गरेको छ ।
चुक्ता पुँजी १० करोड ६१ लाख ४८ हजार रुपैयाँ रहेको उपकारको जगेडा कोषमा १५ करोड २६ लाख रुपैयाँ जम्मा रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी २३.७५ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ २२०.०६ रुपैयाँ छ । एनपीएल २.१३ प्रतिशत कायम भएको छ ।