समृद्धि फाइनान्सको इटहरी शाखाबाट वृक्षारोपण
काठमाडौं । समृद्धि फाइनान्सको इटहरी शाखाले वृक्षारोपण गरेको छ । स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम इटहरी विराटनगर लयेन राजमार्ग परिसरमा १८ बगम्बेली फुलका बोट लगाई सम्पन्न गरिएको हो ।
श्रावण पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम नारायणगढ र औरही शाखाबाट सम्पन्न भइसकेको छ । श्रावण महिना भित्र फाइनान्सका अन्य शाखाहरूबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।
समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरू मार्फत नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निशुल्क प्रदान गरिरहेको छ ।