सिटिजन्स बैंकको वित्तीय सचेतना सम्बन्धी भिडियो सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ । बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारण ग्राहकहरुमाझ सचेतना जगाउनको लागी #sachetcitizen नै हो #safecitizen भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक लगायत विभागीय प्रमुखहरु एवं उच्च व्यवस्थापनको सहभागिता रहेको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्सकाबीच सो भिडियो सार्वजनिक गरेका हुन् । बढ्दो डिजिटलाइजेसनसंगै पछिल्ला केही वर्षहरूमा बैंकिङ क्षेत्रमा ठगीको संख्या बढ्दै गएको छ ।
विभिन्न बाहानामा ग्राहकहरुसंग पासवर्ड, ओटीपी, खाताको विवरणहरु मागेर साथै ग्राहकहरुलाई चिठ्ठा तथा अन्य बहुमुल्य सामानहरु जित्नुभएको छ भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहको सक्रियता बढि रहेको छ । यस सचेतना भिडियोबाट बढ्दै गरेका यस्ता गतिविधीहरुको न्युनिकरण हुने र ग्राहकहरुमा चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ ।