नेसनल लघुवित्तको नाफा ३४ करोड ९ लाख
काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३४ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.८९ प्रतिशत धेरै हो । यस संस्थाले अघिल्लो वर्ष २१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ६५ करोड ९९ लाखबाट बढेर १ अर्ब १५ करोड ८६ लाख रुपैयाँ पुगेको छ । ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो । यता, कम्पनीको इम्पेयरमेन्ट चार्ज २५०० प्रतिशत बढेको छ । इम्पेयमेन्ट चार्ज ८७ लाखबाट बढेर २२ करोड ७५ लाख रुपैयाँ कायम भएको छ ।
चक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख २२ हजार रुपैयाँ रहेको नेसनलको जगेडा कोषमा १ अर्ब ४१ करोड ९३ लाख रुपैयाँ जम्मा रहेको छ । यता, वितरणयोग्य नाफा २८ करोड ११ लाख रुपैयाँ देखिएको छ । संस्थाको प्रतिसेयर आम्दानी २९.२५ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ भने २४५.९० रुपैयाँ छ । एनपीएल ३.२५ प्रतिशत कायम भएको छ ।