हेलिकप्टर दुर्घटनाका मृतकहरूको शव पाेष्टमार्टमकालागि त्रि.वि शिक्षण अस्पतालमा ल्याइयाे

काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेका मृतकहरूको शव पाेष्टमार्टमकालागि महाराजगंजस्थित त्रि.वि शिक्षण अस्पतालमा ल्याइएकाे छ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक विज्ञप्ती जारी गर्दै दुर्घटनामा परेका मृतकहरूकाे शव संकलन गरेर पाेष्टमार्टमका लागि त्रि.वि शिक्षण अस्पतालमा राखिएकाे जानकारी दिएकाे हाे ।
यसैगरी, मृतकहरूको पोस्टमार्टम भोलि बिहानदेखि सुरू हुने भएको छ।