किन हरायाे गुगल प्ले स्टोरबाट इसेवा एप ?
काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्लाटफर्मममा लोकप्रिय ‘इसेवा’ एप एकाएक गुगल प्ले स्टोरबाट हराएको छ । ‘इसेवा’को एप मंगलबार बिहानदेखि प्ले स्टोरबाट हराएको हो । एप चलाइरहेका प्रयोगकर्तालाई केही असर नपरे पनि नयाँ प्रयोगकर्ताहरूले प्लेस्टोरबाट एप डाउनलोड गर्न नसकेको गुनासो गरेका छन् ।
इसेवा प्रा.लि इसेवा लिमिटेडमा परिणतमा गर्न लागेकाेले उक्त एप गुगल प्लेस्टाेरमा अपडेट गर्दा प्लेस्टाेरबाट हराएकाे इसेवाले जनाएकाे छ।
तर डाउनलाेड भइसकेकाे एपहरुलाई भने कुनै असर नपर्ने इसेवाकाे भनाइ छ। इसेवाकाे एप प्लेस्टाेरबाट हराए पनि वेब भने चलिराखेकाे छ।
इसेवाले लेखेको छ- ‘इसेवा प्रा. लि., इसेवा लिमिटेडमा परिणत भएसँगै, उक्त विवरण Google Playstore र DUNS (Data Universal Numbering System) मा अपडेट गर्ने क्रममा रहेको छ। त्यसैकारण इसेवा एप अस्थाई रुपमा Playstore मा उपलब्ध नभएको तथा अहिले डाउनलोड भैसकेको इसेवा एपहरुलाई केहि असर नपर्ने व्यहोरा यही सूचना मार्फत जानकारी गराउन चाहन्छौं।’