नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राथमिक सेयर आईपीओ जारी गर्ने भएको छ । आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
प्रति सेयर अंकित मूल्य एक सय दरमा सर्वसाधारणहरुमा निष्काशन गगर्न लागिएको बताइएको छ । श्रावण २१ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न श्र एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरि सम्झौता गरिएको छ ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पु¥याउने लक्ष्य लिई यस नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिले निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।
उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।