फर्स्ट माइक्रोफाइनान्सको नाफा घट्यो
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा १२.०४ प्रतिशतले घटेर १७ करोड ४२ लाख ९० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १९ करोड ८१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै यसको खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी २८.८७ प्रतिशतले घटेर ३० करोड ८१ लाख ७५ हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा १२.३८ प्रतिशतले घटेर २५ करोड १० लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । असार मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँ छ ।
यता, यसको वितरणयोग्य नाफा १३ करोड ६९ लाख २७ हजार रुपैयाँ देखिएको छ । उक्त रकमबाट यसले ११.१० प्रतिशत लाभांश वितरण गर्न सक्छ । यसको प्रतिसेयर आम्दानी १४.१३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १३४.७६ रुपैयाँ छ । एनपीएल २.०७ प्रतिशत कायम भएको छ ।