डलरको मूल्यमा पुनः नयाँ रेकर्ड
काठमाडौं । डलरको मूल्यमा पुनः नयाँ रेकर्ड बनेको छ। साउन २२ गते, मंगलबार, डलरको मूल्यले गत शनिबार बनाएको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो।
नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ८६ पैसा रहेको छ। डलरको यो मूल्य हालसम्मकै उच्च हो। यस अघि गत शनिबार अर्थात साउन १९ गते, डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। सो दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा र खरिददर १३३ रुपैयाँ ७१ पैसा कायम भएको थियो।
यस दिन युरोपियन युरो एकको खरिदमा १४६ रुपैयाँ ५६ पैसा र बिक्रीमा १४७ रुपैयाँ २१ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३९ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ९८ पैसा पाइन्छ।
यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७० पैसा र बिक्रीमा ३६ रुपैयाँ ८७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ २५ पैसा र बिक्रीमा ३० रुपैयाँ ३९ पैसा पाइन्छ।