सुनको मुल्यमा नयाँ रेकर्ड कायम, मध्यपूर्वमा बढ्दो तनावको प्रभाव
काठमाडौं । यो साता सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । मध्यपूर्वमा बढ्दो तनाव, केही कमजोर अमेरिकी आर्थिक आँकडा र फेडरल रिजर्भको कमजोर कमजोरीका कारण सुनको मूल्य उच्च रहेको बिश्लेषकहरुले बताएका छन्।
नेपाली बजारमा पनि यो साता सुनको मुल्यले नयाँ रेकर्ड कायम गर्यो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २४ हजार ९ सय १५ रुपैयाँ रहेको सुनको मुल्य साता भरको उतार चढाव पश्चात साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार हालसम्मकै उच्च हुने गरी प्रति १० ग्राम १ लाख २८ हजार ५ सय १५ रुपैयाँ कायम भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ३ हजार ६ सय रुपैयाँ बढी हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ७ सय ४० रुपैयाँ रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ७ सय ९५ रुपैयाँ कायम भयो ।