आइतबार काठमाडौंमा बिदा, साेमबार मात्र शेयर बजार खुल्ने
काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएकाे छ । गृह मन्त्रालयले रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे।
मन्त्रालयले एक सूचना जारी गर्दै साउन २० गते, काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक विदा दिइएकाे जानकारी दिएकाे हाे ।
यससँगै आइतबार बैंक तथा वित्तीय संस्था, विद्यालय तथा सरकारी कार्यालयहरू बन्द हुने भएकाे छ।
साताकाे पहिलाे दिन, शेयर काराेबार पनि बन्द हुनेछ । अब साेमबार मात्र शेयर बजार खुल्नेछ ।