फेदीखोला हाईड्रोमा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने
काठमाडौं । फेदीखोला हाईड्रो पावर कम्पनी प्रालि र राष्ट्रिय वाणिज्य बैंकका बीचमा फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मेगावाटमा ऋण लगानी गर्ने सम्झौता बिहीवार सम्पन्न भएको छ। सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट पूर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रवन्ध सञ्चालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कम्पनीले भोजपुरको साल्पासिलिछो गा.पा. वाडा नं. ६ मा निर्माण गरिरहेका फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मेगावाटमा ५० करोड रूपैयाँ राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ ।
कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीका अनुसार यहि साउन महिनाको अन्त्यसम्ममा कम्पनीलाई प्रालिबाट लिमिटेडमा परिवर्तन गरि स्वपुँजीको ४४ करोड ३० प्रतिशत अर्थात् १३ करोड २० लाख आईपीओ निश्कासन यहि आ.व. भित्रमा गरिने लक्ष्य रहेको छ ।
२०८२ असोज भित्र सम्पन्न हुने यस आयोनाको लागि आवस्यक सम्पुर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहुँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ र सभिल निमार्ण ठेक्का सम्झौता सम्पन्न भई अहिलेसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।