एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले जिते डिस्कभर बाइक
![ncell-upahar-for-nagendra ncell-upahar-for-nagendra](https://www.arthikpati.com/wp-content/uploads/2024/08/ncell-upahar-for-nagendra-900x609.jpg)
काठमाडौं । झापाका नगेन्द्रप्रसाद गणेश एनसेलले सञ्चालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजनाका विजेता बनेका छन् ।
झापा गाउँपालिका–५ स्थित पन्थपाडामा शिव बाबा किराना सञ्चालन गर्दै आएका नगेन्द्र योजनाका विजेता बन्दै बजाज डिस्कभर बाइक जितेका छन् ।
एनसेलले आफ्ना खुद्रा विक्रेता र साना पसल गर्ने व्यवसायीलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले उपहार योजना सञ्चालन गरिरहेको छ ।
कम्पनीले आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरूप देशभरका खुद्रा विक्रेतालाई प्रोत्साहन र पुरस्कृत गर्ने उदेश्य सहित यो कार्यक्रम लागू गरेको थियो ।
बिहीबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच कोसी प्रदेशका लागि एनसेलका प्रादेशिक व्यापार प्रबन्धक अम्बर भट्टाचार्यले नगेन्द्रलाई १२५ सीसीको उक्त बजाज डिस्कभर मोटरसाइकल हस्तान्तरण गरे ।
कार्यक्रममा सहभागी भएका खुद्रा विक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाएका थिए ।
यसरी आर्जन गरिएको प्वाइन्टहरूको आधारमा उनीहरूले ६५ इन्चसम्मका स्मार्ट टिभी, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू उपहार पाएका छन् ।
बम्पर उपहारका रुपमा मोटरसाइकल पाउन आर्जन गरेको प्वाइन्टको आधारमा कुल ४ हजार ७५४ खुद्रा विक्रेताहरू मोटरसाइकलका लागि योग्य थिए र विजेता नगेन्द्र गोला प्रथामार्फत् छानिएका हुन् ।
यस कार्यक्रम अन्तर्गत, देशभर सातै प्रदेशबाट १ हजार १०० जना खुद्रा विक्रेताहरूले विभिन्न उपहार पाउन सफल भएका छन् ।