१८ देशमा नयाँ राजदूत सिफारिस, मन्त्रिपरिषद बैठकले गरेका यी ८ निर्णय
काठमाडौं । मन्त्रिपरिषद बैठकले १८ राष्ट्रमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको बैठकले भारत, चीन, अष्ट्रेलिया, अमेरिका, बेलायत, इजरायल,साउदी अरेबिया, दक्षिण कोरिया लगायतका राष्ट्रमा नयाँ राजदूत सिफारिस गरेको हाे।
साेमबार मन्त्रीपरिषद बैठकले गरेका ८ वटा निर्णयहरू सार्वजनिक गरिएकाे छ । उक्त बैठकले नै अष्ट्रेलिया, चीन, रुस, श्रीलंका र दक्षिण अफ्रिकामा कार्यरत राजदूतलाई भदौ १५ गतेभित्र नै स्वदेश फर्किन पनि निर्देशन दिएकाे हाे।
राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेकाे छ ।
काे को भए सिफारिस ?
डा. शंकरप्रसाद शर्मा – भारत
प्रा. डा. कृष्णप्रसाद ओली – चीन
कान्ता रिजाल –अष्ट्रेलिया
धनप्रसाद पण्डित – इजरायल
नरेशबिक्रम ढकाल –साउदी अरेबिया
लोकदर्शन रेग्मी – अमेरिका
मेशचन्द्र पौडेल – कतार
प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
डा. शैल रुपाखेती – जर्मनी
रामकृष्ण भट्टराई – श्रीलंका
सनिल नेपाल – स्पेन
डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
नेत्रप्रसाद तिमल्सिना – मलेसिया
चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
प्रकाशमणि पोखरेल – पोर्चुगल
जंगबहादुर चौहान – रुस
सुम्निमा तुलाधर – डेनमार्क
रीता धिताल – पाकिस्तान
यसका साथै, सो बैठकले एकैपटक २१ सचिवहरुलाई सरुवा गरेको छ। सरूवा हुने सचिवहरूकाे सूचीकासाथै मन्त्री परिषदकाे निर्णय यस्ताे छ ः