सुनचाँदीको मुल्यमा कमी, अमेरिकी अर्थतन्त्रमा देखिएको मजवुतिको प्रभाव

काठमाडौं । यो साता बिश्व बजारमा सुनको मुल्य घटेको छ । अमेरिकी डलरको विनिमय दरमा देखिएको सुधार र त्यसको प्रभावले अमेरिकी अर्थतन्त्रमा देखिएको मजवुतिका कारण सुनको मुल्य घट्नमा बल पुगेकोबिश्लेषकहरुले बताएका छन्।
नेपाली बजारमा पनि यो साता सुनको मुल्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २५ हजार ३ सय ४५ रुपैयाँ रहेको सुनको मुल्य साताको दोस्रो दिन सामान्य बढेर प्रति १० ग्राम १ लाख २५ हजार ४ सय ३० पुगी तेस्रो दिन स्थिर रह्यो । त्यस पछिका दिन निरन्तर घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार १ लाख २४ हजार ५५ रुपैयाँमा झरेको छ । यो मुल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार २ सय ९० रुपैयाँ कम हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ८ सय १० रुपैयाँ ५० पैसा रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ७ सय ३० रुपैयाँ कायम भयो ।