बैंक दर र नीतिगत दर घट्यो
![451298381_520448103653426_5271256777045907842_n-1024x683 451298381_520448103653426_5271256777045907842_n-1024x683](https://www.arthikpati.com/wp-content/uploads/2024/07/451298381_520448103653426_5271256777045907842_n-1024x683-1-1024x683.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंक दरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशतमा घटाएको छ ।
यस्तै, नीतिगत दर ५.५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिएको छ । ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३ प्रतिशतको निक्षेप संकलन दरलाई यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ । यसबाट ब्याजदर थप सस्तो हुने देखिन्छ ।