मुख्य सचिवमा लीलादेवी गड्तौला नियुक्त गर्ने मन्त्रिपरिषदकाे बैठककाे निर्णय

काठमाडौँ । सरकारले मुख्य सचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लीलादेवी गडतौलालाई मुख्य सचिव नियुक्त गरेको हो ।
सरकारको यो निर्णयसँगै गडतौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् । उनलाई यसअघि पुष्कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कामु मुख्य सचिव बनाएको थियो ।