आज अमेरिकी डलरको भाउ घट्यो, सटही दर कति ?
काठमाडौं । पछिल्लो दुई दिन निरन्तर बढेर रेकर्ड कायम गरेको अमेरिकी डलरको भाउ आज केही घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज साउन ११ गते शुक्रबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ २२ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ६२ पैसा छ । हिजो बिहीबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ २६ पैसा र खरिददर १३३ रुपैयाँ ६६ पैसा पुगेर रेकर्ड बनाएको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ९९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ८१ पैसा खरिद दर १७२ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ १५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५४ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०१ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।