हिमालयन डिस्टिलरी सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मानित
काठमाडौ । नेपालको अग्रणी मदिरा उत्पादन कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड प्रतिष्ठित राष्ट्रिय प्रतिवेदन २०२३ पुरस्कारबाट सम्मानित भएको छ ।
इन्स्टिच्युट अफ चाटर्ड अकाउन्टेन्ट अफ नेपाल (आइक्यान)को १० औं वार्षिक परिषदको भब्य समारोह मार्फत हिमालयन डिस्टिलरीलाई सम्मान गरिएको हो । उत्कृष्ट सञ्चालन र पारदर्शी व्यापार अभ्यास गर्दै आएको यस कम्पनीलाई आफ्ना प्रयासहरुमा यस पुरस्कारबाट अझै हौसला मिलेको छ ।
हिमालयन डिस्टिलरी आगामि दिनमा कर्पाेरेट सुशासन र वित्तिय अखण्डताको उच्चतम मापदण्ड कायम गर्न प्रतिबद्ध रहेको जानकारी समेत गराँदछौं । उत्पादन क्ष्ँेत्रमा राष्ट्रिय प्रतिवेदन पुरस्कारको सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मानित भएको हिमालयन डिस्टिलरी आफ्ना वितरक, कर्मचारी, ब्यवस्थापन, सेयरधनी सहित सम्पूर्ण निरन्तर सहयोग र साझेदारीका निम्ति हार्दिक कृतज्ञता समेत ब्यक्त गर्दछ ।
मूल्यवान साझेदारहरूको निरन्तर सहयोगका साथ, कम्पनीले अझ बढी उचाइ हासिल गर्न सक्ने विश्वास राख्छ । उत्कृष्ट वार्षिक प्रतिवेदनलाई प्रतिस्पर्धाका लागी साउथ एसियन फेडरेसन अझ अकाउन्टेन्टस (साफा)मा पठाइने भएकाले नेपालको प्रतिनिधित्व गर्दै सुशासनमा प्रतिस्पर्धाका निम्ति हौसला प्राप्त भएको छ । भविष्यका लागि, हिमालयन डिस्टिलरी लिमिटेड दक्षिण एशियाली स्तरमा नेपालको प्रतिनिधित्व गर्दै सुशासनको अभियानको नेतृत्व गर्न उत्साहित छ ।
सन् १९८५ मा स्थापना भएको हिमालयन डिस्टिलरी मुलुकको अग्रणी मदिरा उत्पादक हो । खोज, विकास, उत्पादन र बजारमा गुणस्तर कायम गर्न हिमालयन डिस्टिलरीको महत्वपूर्ण योगदान छ । हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्लाक ओक, सिल्भर ओक जस्ता लोकप्रिय मदिरा उत्पादन गर्दै आएको छ ।