राष्ट्रपतिको उम्मेदवारीबाट पछि हटे जो बाइडेन, कमला ह्यारिसलाई समर्थन
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो उम्मेदवारीबाट पछि हटेका छन् । आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि जनाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन आइतबार आफ्नो उमेदवारीबाट पछि हटेको बीबीसीले जनाएको छ ।
उनले आफ्नो ठाउँमा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रुपमा उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका छन् ।
बाइडनले एक लिखित विज्ञप्ति जारी गर्दै पार्टी र देशको हितका लागि आफूले पुनः राष्ट्रपति बन्ने योजना त्याग गरेको बताएका छन् ।
उनले राष्ट्रपतिका रुपमा काम गर्ने अवसरलाई आफूले ठूलो सम्मानको रुपमा लिएको र जनावरीसम्म रहने आफ्नो कार्यकाल पूरा गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । यता, रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् ।